रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन « Khabarhub

रास्वपाका सांसद प्रशिक्षणमा : शक्तिशाली सरकारको टिम बनाउँदै बालेन

रास्वपा अभिमुखीकरणको दोस्रो दिनको तालिका के छ ?


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फागुन २१ को निर्वाचनबाट प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका लागि दुईदिने विशेष प्रशिक्षण दिएको छ । मंगलबार १२ घण्टे प्रशिक्षणमा सहभागी भएका सांसद आज दोस्रो दिन सात घण्टे प्रशिक्षणमा सहभागी हुँदै छन् ।

त्यो प्रशिक्षणमा सहभागी नभएका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) भने बहुमतको सरकार कस्तो बनाउने भनेर टिम निर्माणमा व्यस्त छन् ।

नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको रास्वपाले बालेन नेतृत्वमा सरकार गठनका लागि आन्तरिक गृहकार्य गरेको हो । बालेन यतिबेला मन्त्रिमण्डलको छनोटबारे छलफलमा व्यस्त भएका हुन् । बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाले संसदीय दलको नेता चयन र पार्टी विधानमा संशोधन गर्ने प्रक्रियासमेत आवश्यक पर्ने भएकाले त्यसको समेत तयारी गरिरहेको छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता साह, उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालबीच भावी सरकारका विषयमा पटकपटक छलफल भएका छन् । शीर्ष नेताको छलफल कस्ता व्यक्तिलाई मन्त्री बनाउने, सरकार बनेलगत्तै के-कस्ता काम सुरु गर्ने लगायतका विषयमा केन्द्रित छन् ।

के भइरहेको छ प्रशिक्षणमा ?

मंगलबारको उद्घाटन समारोहमा प्रमुख मन्तव्य पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले राखेका छन् । वाग्लेसहित अर्का उपसभापति डोलप्रसाद अर्यालले समेत निर्देशन दिएका छन्।

पहिलो दिन पूर्वसचिव सुरेश अधिकारी र तोयानाथ अधिकारीको प्रशिक्षण पाएका रास्वपाका नयाँ सांसदले आइटी विज्ञ डा. दोभान राईका कुरासमेत सुनेका छन् । उनले कृत्रिम बुद्धिमत्ता (एआई) र एल्गोरिदमबारे प्रस्तुति दिएका हुन् ।

यसबाहेक विघटित प्रतिनिधि सभाका सदस्यसमेत रहेका अशोक चौधरी, शिशिर खनाल, तोसिमा कार्की, सोविता गौतम, गणेश पराजुली, हरि ढकाल, मनिष झा, विराजभक्त श्रेष्ठले संसदीय अभ्यासका अनुभवसमेत सुनाएका छन् ।

बुधबारसमेत प्रशिक्षण निरन्तर रहने छ । दोस्रो दिन दिउँसो सभापति लामिछानेले समापन मन्तव्य राखेसँगै रास्वपाको दुईदिने प्रशिक्षण सकिने छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १ सय ८२ सिट हासिल गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ३५ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा