जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस « Khabarhub

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल मङ्गलबारदेखि सुरु भएको छ ।

मुलपानी क्रिकेट मैदानमा सुरु भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच प्रतिस्पर्धा गरिराखेका छन् ।

सुरुमा ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ५८ ओभर तीन बलमा सबै विकेट गुमाएर २२१ रन मात्र बनाएको छ । उसका लागि इम्रान शेखले अर्धशतक बनाए । १३७ बलको सामना गरेका उनले ५० रन पूरा गरेका हुन् ।

आर्मीका लागि भीम सार्की ३९, कुशल मल्लले ३८, तीर्थराज दासले ३२, बसिर अहमेदले ३० रन जोडे । सोमपाल कार्मीले २१ बलमा १७ रन बनाएको खेलमा अन्य ब्याट्सम्यानले भने रन जोड्न सकेनन् ।

आर्मीलाई सस्तैमा रोक्न नेपाल पुलिसका लागि राशिद खानले चार विकेट हात पार्दा करण केसी र ललितनारायण राजवंशीले समान तीनतीन विकेट हात पारे ।

फाइनल खेलको पहिलो दिन नै १० विकेट गुमाएको आर्मीले दिएको २२२ रनको चुनौती पछ्याएको नेपाल पुलिसले ११ ओभरको समाप्तिमा ४१ रन बनाउँदा तीन विकेट गुमाइसकेको छ । पुलिसका ओपनर दिनेश खरेल ३३ बलमा ११ रन बनाएर आउट हुँदा अमित श्रेष्ठ १ रन बनाएर पेभिलियन फर्किए ।

अर्का आक्रामक ब्याट्सम्यान कुशल भुर्तेल १२ बलमा १८ रन बनाएर आउट भइसकेका छन् । पुलिसविरुद्ध आक्रामक बलिङ सुरु गरेका आर्मीका सोमपाल कामीले दुई विकेट हात पार्दा आकाश चन्दले एक विकेट लिएका हुन् । फाइनल खेलमा पहिलो दिन नै तीन विकेट गुमाइसकेको पुलिसले दोस्रो दिन १२ औं ओभरबाट ब्याटिङ सुरु गर्दैछ ।

यसअघि फागुन १७ देखि १९ गतेसम्म तय भएको फाइनल खेल निर्वाचनका कारण सारिएको थियो । दुई दिवसीय प्रतियोगिताको फाइनल खेल तीन दिवससीय हुनेछ । जय ट्रफीका गत संस्करणको प्रधानमन्त्री कप क्रिकेटको शीर्ष चारमा रहेको आर्मी, पुलिस, एपिएफ क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ७ : ३७ बजे

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका