रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ « Khabarhub

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि लामिछाने उपस्थित हुने भएका छन्। तर भावी प्रधानमन्त्रीका दाबेदार पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह भने उपस्थित नहुने भएका छन् ।  

पार्टीका एक नेताले खबरहबलाई दिएको जानकारी अनुसार अभिमुखीकरण समापन कार्यक्रममा एक घण्टा उपस्थित हुन आग्रह गरे पनि बालेनले सेड्युल प्याक भएको बताए ।

उनले व्यस्त भएकोले उपस्थित नहुने जानकारी गराएका छन् । स्वास्थ्य अवस्था र सरकारको तयारीमा लागेकाले बालेन्द्र अभिमुखीकरण समापनमा उपस्थित नहुने जानकारी गराएका हुन् । 

‘हामीले अहिले पनि आउनुस् भनेर जानकारी गराएको हो, तर स्वास्थ्यअवस्था र व्यस्तताका कारण उपस्थित हुन सक्दिनँ भन्नुभयो। पार्टी सभापतिज्यू समापन कार्यक्रममा आउनुहुन्छ’, ती नेताले भने, ‘पार्टी उपसभापति, स्वर्णिम र डीपी, सभापति लामिछाने तथा महामन्त्री कविन्द्र बुलाकोटीले पनि उहाँलाई उपस्थित हुनु भन्नुभएको हो । तर व्यस्तता र स्वास्थ्यका कारण गर्दा नजाने खबर आएको छ ।’

मंगलबार अभिमुखीकरण कार्यक्रममा उपसभापति डीपी अर्यालले समापनका बालेन उपस्थित गराउने प्रयत्न गरिरहेको जानकारी गराएका थिए। 

यता बालेनको सचिवालयले पनि उनी अभिमुखीकरण कार्यक्रममा उपस्थित नहुने योजना रहेको जनाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : २३ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति