सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस् « Khabarhub

सांसदहरूलाई रविले भने : सरकार बनेको बेलुकाबाटै ढाल्न लाग्छन्, सचेत हुनुस्


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन् ।

बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले  आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए ।

‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। यसमा जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नु ।’ लामिछानेले भने,’सञ्चारमाध्यममा बोल्न रमाइलो लाग्छ आफ्ना बारेमा समाचार आउँदा रमाइलो लाग्छ तर भोट दिएका जनताले तपाईंले के बोल्नुहुन्छ र के गर्नुहुन्छ ख्याल गरिरहनु भएको छ । आफूले दिएको अभिव्यक्तिले कुन क्षेत्रमा के प्रभाव पारेको छ त्यसलाई निर्क्योल गर्नुहोला। जिम्मेवार सांसद जिम्मेवार राजनीतिकर्मी र जिम्मेवार प्रतिनिधिसभाको सांसद भएको नाताले सबै कुराहरू ख्याल गर्नुहोस् ।’

उनले अगाडि भने, ‘तपाईँहरू जिम्मेवारी भन्दापछि हटेर पहिलाको जस्तै अभिव्यक्ति दिन्छु भन्नुहुन्छ भने तपाईँहरू सांसदको भूमिकाबाट अलगिनुहोस्।’

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ४४ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली