क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी « Khabarhub

क्युबाविरुद्ध कारबाही गर्ने ट्रम्पको चेतावनी


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिएपछि बढ्दो विद्युत संकटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले टिप्पणी गर्दै अमेरिकाले क्युबामा आफ्नो प्रभाव विस्तार गर्न सक्ने चेतावनी दिएका हुन  । 

हालको विषम परिस्थितीले वासिङ्टनलाई क्युबा माथि चाँडै कारबाही गर्न प्रेरित गरिरहेको उल्लेख गर्दै उनीहरूले टापुले सामना गरिरहेको अत्यन्त कठिन परिस्थिति बारे प्रकाश पारेका छन् । 

रुबियोले  टापुको अर्थतन्त्र नियमसंगत र राजनीतिक तथा सरकारी प्रणाली रहेर सञ्चालन नभएकाले यसलाई तत्काल लयमा ल्याउन नसकिनेसमेत बताउनु भएको छ ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले उक्त टिप्पणीलाई आफ्नो देश विरुद्धको अमेरिकी धम्कीको रूपमा आलोचना गर्दै सामाजिक सञ्जाल एक्स मार्फत क्युबाले जस्तो सुकै अवस्थामा पनि आक्रमणको कडा प्रतिरोध गर्ने बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ५० बजे

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति

मन्त्रीले सुनाइन् बजारमा ग्यासको हाहाकार टार्न सरकारले आफैँ उद्योग खोल्ने योजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगको