हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल   « Khabarhub

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ। कम्पनीका अनुसार नाइन एन-एएफक्यू दर्ता नम्बरको हेलिकोप्टर मध्याह्न ११:५१ बजे खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा अवतरणका क्रममा असामान्य अवस्थाको सामना गर्दै दुर्घटनाग्रस्त भएको कम्पनीले जनाएको छ ।

काठमाडौंबाट बेलाबेंशीतर्फ पुगेको उक्त हेलिकोप्टरमा चालकसहित ६ जना सवार थिए। प्रारम्भिक विवरणअनुसार सबै यात्रु तथा पाइलट सकुशल रहेको र कुनै मानवीय क्षतिको जानकारी प्राप्त नभएको कम्पनीले जनाएको छ।

कम्पनीले घटनाको कारण पत्ता लगाउन सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको बताएको छ। कम्पनीका वरिष्ठ प्रबन्धक बालकृष्ण पण्डितले प्रारम्भिक छानबिन थालिएको बताएका छन् ।

यसैबीच उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एकजना घाइतेलाई  लिएर काठमाडौं फर्किँदै छ । 

अन्य चार यात्रुको अवस्था सामान्य रहेको जानकारी खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताएका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ४४ बजे

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म

सरकारलाई सहिदकी आमाको प्रश्न : प्रधानमन्त्री स्टाटस लेखेर बस्नुहुन्छ, न्याय दिन अब कति वर्ष लाग्छ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रचना खतिवडा खत्रीले सहिदप्रति