सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो « Khabarhub

सिलिङमा स्वास्थ्य मन्त्रालयको बजेट नौ अर्ब घट्यो


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३ ०८४ को बजेट सिलिङ अघिल्लो वर्षभन्दा झण्डै ९ अर्बले घटेर आएको छ ।

अर्थ मन्त्रालयले आगामी वर्षको बजेट तर्जुमाका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४३ अर्ब २३ करोड १८ लाख रुपैयाँको सीमामा रहेर योजना तथा कार्यक्रम तर्जुमा गर्न बजेट सिलिङ पठाएको छ ।

अघिल्लो वर्ष अर्थ मन्त्रालयले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५२ अर्ब ५२ करोड रुपैयाँ बराबरको सिलिङ तोकेको थियो । त्यसमा पछि १३ अर्ब थपिएर बजेटमा आएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार अर्थले स्वास्थ्यलाई पठाएको आगामी वर्षको बजेट सिलिङमा चालु खर्चतर्फ ३१ अर्ब ९३ करोड ७८ लाख रुपैयाँ र पुँजीगततर्फ ११ अर्ब ३२ करोड ४० लाख रुपैयाँको सिलिङ तय भएको छ ।

सो बजेटको स्रोत ब्यवस्थापनमा नेपाल सरकारको ३७ अर्ब २८ करोड ९९ लाख रुपैयाँ, वैदेशिक अनुदानबाट ३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ र वैदेशिक ऋणतर्फ २ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ रहेको उल्लेख छ ।

अघिल्लो बर्ष जसमा सरकारको ३८ अर्ब ७६ करोड ८ लाख रुपैयाँ, वैदेशिक अनुदानतर्फ ६ अर्ब २० करोड रुपैयाँ र वैदेशिक ऋणतर्फ ७ अर्ब ५६ करोड रुपैयाँको सिलिङ रहेको थियो ।

अर्थले अहिले संघीय स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ पठाएको हो । प्रदेश तथा स्थानीय तहका लागि स्वास्थ्यको बजेट सिलिङ भने आइसकेको छैन ।

चालु आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीय तहसमेत गरेर स्वास्थ्य क्षेत्रका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। यसमा पनि स्वास्थ्य बीमाका लागि अर्थले थप रकम विनियोजन गरेको थियो ।

अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पठाएको बजेट सिलिङको कुल रकममध्ये १२ अर्ब रुपैयाँ भने एकमुष्ठ स्वास्थ्य बीमा कार्यक्रमको लागि भनिएको छ । अघिल्लो वर्ष स्वास्थ्य बीमाका लागि १० अर्ब छुट्याइएको थियो ।

स्वास्थ्य बीमा कार्यक्रमका लागि रकम अभाव हुँदा धेरै स्वास्थ्य संस्थाले शोधभर्ना रकम पाएका छैनन् । कतिपय सरकारी ठूला संस्थाहरूले शोधभर्ना नपाउँदा कार्यक्रम सञ्चालन गर्न नसकिएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम नै स्थगित गरेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ५३ बजे

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको