सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने « Khabarhub

सेमिनारमा होइन, सांसदलाई गाउँ–टोलमै देख्न चाहान्छु : सभापति लामिछाने


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई ठूला हल र विदेशी सेमिनारभन्दा जनताको घरदैलो, गाउँ–टोल र चिया चौतारोमै सक्रिय देखिन आग्रह गरेका छन्।

पार्टीले आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रम समापन गर्दै उनले जनताको मतबाट निर्वाचित प्रतिनिधि भएकाले जनतासँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने बताए। जनताले दुःख पाउँदा त्यसको जिम्मेवारी सम्बन्धित सांसदले लिनुपर्ने उल्लेख गर्दै उनले आफूलाई सुखका लागि नभई सेवा गर्न पठाइएको स्मरण गराए।

‘ठूलाठूला कार्यक्रम र विदेशी सेमिनारतिर होइन, आफ्नै निर्वाचन क्षेत्रका गाउँ–बस्ती र चिया चौतारामा सांसदहरूलाई देख्न चाहन्छु,’ उनले भने।

सांसद पदले मात्रै ज्ञान नदिने भन्दै उनले निरन्तर अध्ययन र आत्मविकास आवश्यक रहेकोमा पनि जोड दिए।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १ : ५९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा