सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्   « Khabarhub

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू भर्खरै सन्चो भएको बताउँदै सांसदहरूलाई आफ्नो अनुभव सुनाएका छन् ।

चुनावको धपेडीका कारण पानी पिउनसमेत नभएको र पिसाब फेर्न जानसमेत नपाएको उल्लेख गर्दै लामिछानेले सांसदहरूलाई आफ्नो अनुभव सुनाएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिने प्रशिक्षणको समापनमा बोल्दै लामिछानेले सुरुमै सांसदहरूलाई यसबारे जानकारी गराए ।

‘आज म यहाँहरूलाई तीता र मिठा अनुभव सुनाउन गइरहेको छु। लुकाउनुपर्ने कुरा केही छैन । पारदर्शी राजनीति नै मूल कडी हो । सँधै तितो कुरा गर्न पनि सकिँदैन, सँधै मीठा कुरा गर्न पनि सकिँदैन। आज म तीता र मीठा कुरा गर्न गइरहेको छु’, उनले भने 

लामिछानेले अगाडि  भने, ‘प्रशस्त पानी पिउनुहोला र काहीँ जाँदा पिसाब नरोक्नुहोला। मचाहिँ न्यूरो इन्फेक्सनबाट ग्रसित भए भर्खरै । पानी कम पिउने चुनावी दौडमा ट्वाइलेट जानुपर्ला भनेर रोक्ने कुराले गर्दा मलाई अलि बढी नै स्वास्थ्यमा समस्या भयो। अहिले म त्यसबाट बाहिर निक्लिने क्रममा छु। तपाईँहरूको खटाई अनुहारले देखाएको छ तर तपाईंहरूको अनुहार जहिले यस्तै हुनुपर्छ ।’

उनले सधैँ भिजेको, असिनपसिन भएको र जनतासँग सधैँ गाँसिएको अनुहार आफूले सांसदहरूको देख्न चाहेको उल्लेख गरे। 

करिब ३२ मिनेटको भाषणमा रविले सांसदहरूलाई कुनै हिसाबले पार्टीमा आँच आउने काम नगर्न र अरू लक्षित टिप्पणी नगर्नसमेत आग्रह गरेका छन्।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : २२ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म