रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ « Khabarhub

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा अनुसार काम गर्न आफूहरूले ध्यान केन्द्रित गर्ने जनाएका छन् । 

ललितपुरमा पार्टीले आयोजना गरेको अभिमूखीकरण कार्यक्रममा सञ्चारकर्मीसंग कुरा गर्दै उनीहरूले आफूहरूलाई जनताले विश्वास गरी सदनमा पठाएको भन्दै जनअपेक्षा अनुसार काम गर्न ध्यान केन्द्रित गर्ने जनाएका हुन् ।

रास्वपाका नवनिर्वाचित सांसद गणेश पराजुलीले सुशासन कायम गर्ने, कानून बनाउने र जनअपेक्षा अनुसार काम गर्न सांसदहरूलाई अभिमूखीकरण गरिएको बताए । रास्वपाका सांसदहरूले पूर्ण जिम्मेवार भएर जनादेश अनुसार आफ्नो भूमिका निर्वाह गर्ने उनले बताए ।

त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद हरि ढकालले विगतको अनुभवबाट सिक्दै मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अघि बढाउन भूमिका खेल्ने बताए । 

उनले सुशासनको मुख्य एजेण्डाका लागि काम गर्न स्पष्ट संख्या पुगेकाले आफूहरू उत्साहित भएर काम गर्ने धारणा राखे । आगामी पाँच वर्ष जनअपेक्षा अनुसार सुशासनका लागि मुहान सफा गर्ने उनको भनाइ छ ।

त्यस्तै रास्वपाका नवनिर्वाचित सांसद भूमिका श्रेष्ठले सबै समुदायको हक अधिकार स्थापित गर्नका लागि आफूले आवश्यक भूमिका निर्वाह गर्ने जनाइन् ।

प्रतिनिधिसभा सदस्यको शपथ अघि रास्वपाले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमूखीकरण कार्यक्रमको आयोजना गरेको हो । 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  २ : ५१ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण