सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न  « Khabarhub

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले हाम्रो साइकल यात्रा र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । 

क्रिएसन नेपालका अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै साइकला र्‍यालीको उद्घाटन गरेकी हुन् । उद्घाटन सत्रमा उनले भनिन्, यो केवल साइकल यात्रा होइन, हामीले वातावरण तथा पर्यावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ भावले योगदान पुर्‍याई रहेकाहरूलाई सम्मान गर्ने अवसर हो ।’

युरोपियन युनियनको सहयोगमा सन्चालिन ग्रीनसिफ्ट परियोजना अन्तर्गत ग्लोबल रिसाइक्लिङ डे २०२६ को अवसरमा आयोजित कार्यक्रममा ४०० भन्दा बढीको सहभागिता साइकल र्‍याली सम्पन्न भएको क्रिएसनका महासचिव रोशना सुवेदीले बताइन  ।

महासचिव सुवेदीले दिएको जानकारी अनुसार फोहोरमैला व्यवस्थापन, पुनः प्रयोग (रिसाइक्लिङ) तथा चक्रीय अर्थतन्त्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताइन । 

फोहोर होइन अवसर सोचौँ मूल नाराका साथ सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा हेर्ने सन्देश प्रवाह गरिएको क्रिएसनका कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन । 

हाम्रो साइकल यात्रा कार्यक्रम बिहान ललितपुरको शंखमुलबाट सुरु भएर, बागमतीको करिडोर हुँदै बल्खु पुलबाट धोवीघाट भएर एकान्तकुनाबाट जावलाखेल निस्किँदै पुलचोक हुँदै कुपण्डोलबाट पुनः बागमती करिडोर भएर पुनः शंखमुल पुगेर समापन भएको थियो । 

कार्यक्रमको मुख्य आकर्षणका रूपमा काठमाडौं उपत्यकाका करिब २०० जना फोहोर संकलनकर्ताको सहभागितामा साइकल र्‍याली आयोजना गरिएको थियो । याला दरबार भेन्यु, शंखमूलबाट सुरु भएको र्‍याली विभिन्न स्थानहरू परिक्रमा गर्दै पुनः सोही स्थानमा आएर समापन भएको थियो । 

र्यालीमार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनः प्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ । कार्यक्रमका क्रममा रिसाइक्लिङ उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो । 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ४ : ०६ बजे

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि

मध्यपूर्वी युद्धको प्रभाव : नेपालका १० लाख निर्माण मजदुरको आम्दानी जोखिममा

काठमाडौं– मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएपछि