तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा « Khabarhub

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलमा सेनाको घोडेजात्रा


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चैत कृष्ण औँसीको दिन बुधबार काठमाडौं उपत्यकामा परम्परागत घोडे जात्रा मनाइएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । 

परापूर्व कालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ । त्यहीँ जनविश्वास र संस्कृतिलाई निरन्तरता दिँदै काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो ।

घोडेजात्रामा नेपाली सेनाले घोडाका विभिन्न कला कौशलहरू प्रदर्शन गरेको थियो ।  नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की लगायतका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो ।

घोडेजात्रामा सैनिकहरूले विभिन्न ब्यान्डद्वारा धुनहरू प्रस्तुत गरेका थिए भने घोडाहरूद्वारा शो जम्प प्रस्तुत गरेको थियो । यो प्रस्तुतिमा घोडाहरूले विभिन्न पर्खालहरू नाघेका थिए । साहाशिक सेनाहरूले घोडाको चालको गतिमा विभिन्न पर्खालहरू उफ्रेर अगाडि बढेका थिए । 

यस्तै क्रस टेण्ड पेगिङ अन्तरगतको प्रस्तुतिमा सैनिकहरूले घोडाको साहायता दिँदै शत्रुका टेण्ड भत्काउने शैली प्रस्तुत गरेका थिए भने घोडा दौड समेत आयोजना गरिएको थियो । यस्तै तालिम प्राप्त कुकुरहरूको प्रस्तुति निकै रोचक देखिएको थियो । घोडाजात्रामा प्रस्तुत गरिएका प्रतिस्पर्धामा विजयी सेनाहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार प्रदान गरेका थिए ।

यात्राका लागि लागि निकै महत्त्वपूर्ण मानिएको घोडाको आधुनिक सवारी साधनको प्रयोग सँगै यसको महत्त्व घट्दै गएको छ । घोडा अन्य जनावर भन्दा दगुर्न सक्ने शक्तिशाली भएकाले पहिले युद्धको समयमा घोडालाई विशेष रुपमा प्रयोग गर्ने गरिन्थ्यो ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : १८ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण