बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक « Khabarhub

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आशा, ईर्ष्या र सतर्कताको दृष्टिले हेरिनु स्वाभाविक भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले फागुन २१ को आमनिर्वाचनमा रास्वपाले प्राप्त गरेको जनमतले नेपाली राजनीतिको पुनर्संरचना र पुस्तान्तरणको सन्देश दिएको उल्लेख गरेका छन्।

भट्टराईले पार्टी सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरणका क्रममा व्यक्त गरेका विचार सकारात्मक रहेको पनि बताएका छन्।

उनले ‘फलेको हाँगो निहुरिन्छ’ भन्ने लोकोक्तिलाई व्यवहारमा कायम राख्नुपर्नेमा जोड दिएका छन्।

भट्टराईले रास्वपाले प्राप्त गरेको मतलाई कुनै एक व्यक्ति वा पार्टीको मात्रै सफलता नभई समग्र राजनीतिक रूपान्तरणको संकेतका रूपमा लिनुपर्ने बताएका छन्।

पुराना दलप्रति प्रतिक्रियात्मक नभई उनीहरूको ऐतिहासिक भूमिकाको सम्मान गर्दै उपलब्धिहरूको रक्षा गर्दै नयाँ भविष्य निर्माण गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ५ : ५३ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा