गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’ « Khabarhub

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलता र आगामी जिम्मेवारीबारे टिप्पणी गरेका छन्।

उनले रास्वपाले चुनाव जित्नु जनताको विश्वासको परिणाम भएको उल्लेख गर्दै अब सरकार कसरी सञ्चालन गर्ने भन्ने कुरा स्वयं पार्टीकै जिम्मेवारी भएको बताएका छन्। नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिना सम्म अन्य दलले आलोचना गर्नु उपयुक्त नहुने उनको धारणा छ।

बाँस्कोटाले जनता सँधै साझा रहने बताउँदै यसपटक जनताले रास्वपालाई रोजेको र उनीहरूको वाचा पत्याएको उल्लेख गरेका छन्। साथै, अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा नअल्झिन आग्रह गर्दै ‘खाँबो चिथोर्न बन्द गर्न’ समेत सुझाएका छन्।

उनले लेखेका छन्, ‘रास्वपाले चुनाव जित्यो। चलाउँछन् कसरी? त्यो उनीहरूकै कुरा। नयाँ सरकारले काम थालेको तीन महिनासम्म अरुले केही बोल्नु नै बेकार हो। जनता साझा थिए, छन र हुने नै छन्। फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे, अझ यसो भनौँ उनका वाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने !

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ०२ बजे

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल