सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार « Khabarhub

सङ्खुवासभाबाट सुत्केरीको हवाई उद्धार


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– यहाँको मकालु गाउँपालिका–१ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेकी २८ वर्षीया सरु राईलाई जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत प्रसूति गराइएकामा स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको हो ।

प्रसूति गराइसकेपछि पनि अत्यधिक रक्तस्राव भएपछि उनको अवस्था नाजुक बनेको र थप विशेषज्ञ उपचारका लागि काठमाडौँ लैजाने अवस्था हुँदा हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको जिल्ला अस्पतालका चिकित्सक डा. प्रदीप श्रीवालले जानकारी दिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँच सीमित रहेकाले यस्ता आकस्मिक अवस्थामा हवाई उद्धार प्रभावकारी बनेको बताए। 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ६ : ३९ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,