हुरीले व्यावसायिक केराखेतीमा क्षति « Khabarhub

हुरीले व्यावसायिक केराखेतीमा क्षति


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेकोे छ । गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो ।

यहाँका किसानले लगाएको सात बिघा क्षेत्रफलको केराखेतीमा क्षति पु(याएको स्थानीय किसान रामकुमार घिमिरेले जानकारी दिए । “यहाँ हामीले सात बिघामा व्यावसायिक केराखेती गरेका थियौँ । त्यसमध्ये तीन बिघाको केराखेती पूर्ण रुपमा नष्ट भएको छ । बाँकीमा आंशिक क्षति पुगेको छ”, उनले भने ।

यहाँ जयप्रसाद पडाडी, युवराज पहाडी र रामकुमार घिमिरेले संयुक्त रुपमा चार वर्षअघि भित्रीमधेस बहुद्देश्यीय कृषि फार्ममार्फत व्यावसायिक केराखेती सुरु गरेका थिए । तीन दिनअघिको हुरीले उक्त खेतीमा १३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । उक्त फार्मले गत वर्ष रु ४३ लाख बराबरको केरा बिक्री गरेको थियो ।

कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लामा ३६४ हेक्टरमा व्यावसायिक केराखेती हुँदै आएको छ । व्यावसायिक केराखेती भएको अधिकांश क्षेत्रमा आंशिक क्षति पुगेको किसान बताउँछन् ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ८ : ४३ बजे

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु