बलुचिस्तानका विभिन्न स्थानबाट आठ जनालाई बेपत्ता पारिएको आफन्तको आरोप « Khabarhub

बलुचिस्तानका विभिन्न स्थानबाट आठ जनालाई बेपत्ता पारिएको आफन्तको आरोप


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको बलुचिस्तानका विभिन्न जिल्लाबाट आठ जनालाई बेपत्ता पारिएको छ । स्थानीय स्रोतका अनुसार उनीहरूलाई पाकिस्तानी सुरक्षा बलले नियन्त्रणमा लिएको हो ।

यी घटनाहरू क्वेटा, ग्वादर, खुज्दार र केच लगायतका क्षेत्रमा भएका हुन् । गत मार्च १२ मा क्वेटाबाट २१ वर्षीय मेकानिक सैफुल्लाहलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

मार्च १३ मा ग्वादरको जिवानीबाट २० वर्षीय मजिदलाई पनि हिरासतमा लिइएको परिवारको दाबी छ । यसैगरी खुज्दार जिल्लाका दुई दाजुभाइ शम्स बलुच र कमर जेहरीलाई पनि छुट्टाछुट्टै मितिमा बेपत्ता पारिएको छ ।

केच जिल्लाको तुर्बत क्षेत्रबाट बलाच पिरल र बलाच नसिरलाई रातीको समयमा अज्ञात स्थलतर्फ लगिएको छ । खरान सहरमा भने अब्दुल घानीलाई प्रहरी चौकी नजिकैबाट अज्ञात सशस्त्र समूहले अपहरण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

बेपत्ता भएका व्यक्तिका परिवारले अहिलेसम्म आफ्ना आफन्तको अवस्था अज्ञात रहेको जनाएका छन् । उनीहरूलाई कुनै पनि अदालतमा उपस्थित गराइएको छैन ।

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  ३ : ४० बजे

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी– न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

आज २०८३ साल मङ्सिर १० गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका