सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै « Khabarhub

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेन्चिङ’ विधि अपनाइएको छ । बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्या समाधानका लागि आयोजनाले पहिलो पटक यो प्रविधि प्रयोग गरेको हो ।

भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर राख्ने र पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेन्चिङ’ भनिन्छ । सिरुबारीको करिब ३ सय मिटर लामो पहिरोको दीर्घकालीन समाधानका लागि ६० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि स्रोत सुनिश्चितता नहुँदा आयोजनाले आन्तरिक बजेटबाट अल्पकालीन उपाय अपनाएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार भिरालो पाखाको पहिरो सिधै सडकमा खस्न नदिन गराहरू बनाइएको छ । “ठूलो बजेट अभावमा तत्कालका लागि कम खर्चमा पहिरो रोक्न यो विधि अपनाएका हौँ,” शर्माले भने, “यसले माथिबाट खस्ने ढुङ्गा–माटोलाई सडकमा आउन दिँदैन र पानीको बहावलाई पनि व्यवस्थापन गर्छ ।”

चैत पहिलो सातादेखि डोजर परिचालन गरी सुरु गरिएको बेन्चिङको काम हालै सम्पन्न भएको छ । सिरुबारीमा सडकभन्दा करिब एक किलोमिटर माथिसम्मको जमिन पहिरिएर सडक अवरुद्ध हुने गरेको थियो । पछिल्लो तीन वर्षयता बर्खामा दैनिकजसो सडक थुनिँदा मुस्ताङ जाने तीर्थयात्री, पर्यटक र कोरला नाकाबाट सामान ल्याउने कन्टेनरहरू बीच बाटोमै अलपत्र पर्ने गरेका थिए ।

आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाका अनुसार १७ मिटर फराकिलो बनाइएको सडकको डिलतर्फ ७ मिटर छाडेर कुनातर्फ पहिरो थुप्रिने ठाउँ (क्याचपिट) राखिएको छ । भिरालो जमिनलाई सिँढीजस्तो बनाएपछि माथिल्लो माटोको भार थामिने र माटो चिप्लने सम्भावना कम हुने प्राविधिकहरूको दाबी छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : २१ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने