सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै « Khabarhub

सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेन्चिङ’ विधि अपनाइएको छ । बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्या समाधानका लागि आयोजनाले पहिलो पटक यो प्रविधि प्रयोग गरेको हो ।

भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर राख्ने र पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेन्चिङ’ भनिन्छ । सिरुबारीको करिब ३ सय मिटर लामो पहिरोको दीर्घकालीन समाधानका लागि ६० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भए पनि स्रोत सुनिश्चितता नहुँदा आयोजनाले आन्तरिक बजेटबाट अल्पकालीन उपाय अपनाएको हो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार भिरालो पाखाको पहिरो सिधै सडकमा खस्न नदिन गराहरू बनाइएको छ । “ठूलो बजेट अभावमा तत्कालका लागि कम खर्चमा पहिरो रोक्न यो विधि अपनाएका हौँ,” शर्माले भने, “यसले माथिबाट खस्ने ढुङ्गा–माटोलाई सडकमा आउन दिँदैन र पानीको बहावलाई पनि व्यवस्थापन गर्छ ।”

चैत पहिलो सातादेखि डोजर परिचालन गरी सुरु गरिएको बेन्चिङको काम हालै सम्पन्न भएको छ । सिरुबारीमा सडकभन्दा करिब एक किलोमिटर माथिसम्मको जमिन पहिरिएर सडक अवरुद्ध हुने गरेको थियो । पछिल्लो तीन वर्षयता बर्खामा दैनिकजसो सडक थुनिँदा मुस्ताङ जाने तीर्थयात्री, पर्यटक र कोरला नाकाबाट सामान ल्याउने कन्टेनरहरू बीच बाटोमै अलपत्र पर्ने गरेका थिए ।

आयोजनाका सूचना अधिकारी जेमकुमार बैठाका अनुसार १७ मिटर फराकिलो बनाइएको सडकको डिलतर्फ ७ मिटर छाडेर कुनातर्फ पहिरो थुप्रिने ठाउँ (क्याचपिट) राखिएको छ । भिरालो जमिनलाई सिँढीजस्तो बनाएपछि माथिल्लो माटोको भार थामिने र माटो चिप्लने सम्भावना कम हुने प्राविधिकहरूको दाबी छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : २१ बजे

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– श्रीलंकाली अलराउन्डर थरिन्दु रत्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु 

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६३ वर्षीया जलिया

पारिश्रमिक विवादमा आनन्द कार्की र दुर्गेश थापाबीच जुहारी, कार्की भन्छन्-‘एक वर्ष कुर्नुपर्‍यो’

काठमाडौं– नेपाली सङ्गीत क्षेत्रका दुई पुस्ताका गायक आनन्द कार्की र

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा