कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन « Khabarhub

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले छ अर्ब ३२ करोड ७१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्म उक्त परिमाणमा राजस्व संकलन गरेको हो ।

भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सिनाका अनुसार कार्यालयले सो अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब २९ करोड ४१ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ५२ करोड २४ लाख, अन्तःशुल्कतर्फ ११ करोड ९९ लाख र अन्यतर्फ रु एक अर्ब ३९ करोड पाँच लाख राजस्व संकलन गरेको छ ।

कार्यालयको चालु आर्थिक वर्षमा रु नौ अर्ब ७१ करोड १५ लाख राजस्व संकलन गर्ने वार्षिक लक्ष्य रहेकामा नौ महिनामा संकलन भएको राजस्व वार्षिक लक्ष्यको ६५ दशमलव १५ प्रतिशत रहेको उनले जानकारी दिए। सूचना अधिकारी तिमिल्सिनाका अनुसार सो अवधिमा चैतबाहेक कुनै पनि महिनामा राजस्व संकलन लक्ष्यमा पुग्न सकेको छैन् ।

साउनमा ७१ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ५७ करोड ८० लाख, भदौमा रु ७४ करोड २१ लाख लक्ष्य रहेकामा ५३ करोड ७० लाख र असोजमा ७६ करोड ७७ लाख लक्ष्य रहेकामा रु ६७ करोड ७८ लाख राजस्व संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । 

कात्तिकमा ८४ करोड ६७ लाख राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड ५४, मङ्सिरमा रु ६८ करोड ९१ लाख र पुसमा ७४ करोड ६५ लाख, माघमा रु ६८ करोड ८२ लाख, फागुनमा रु ७६ करोड ४४ लाख र बाँकी चैतमा राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयको गत आव २०८१-८२ मा रु ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा रु आठ अर्ब ६६ करोड ९८ लाख संकलन भएको सूचना अधिकारी तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार यो वार्षिक लक्ष्यको ७७ दशमलव ६७ प्रतिशत हो ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  १ : ४८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना