जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर « Khabarhub

जुम्लामा नौ महिनामा २९ प्रतिशत मात्रै पुँजीगत खर्च, विकास आयोजनाको प्रगति कमजोर


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चालु आर्थिक वर्ष २०८२/०८३ को नौ महिनामा जुम्लामा पुँजीगत बजेट खर्च न्यून देखिएको छ । कुल विनियोजित पुँजीगत बजेटको २९ दशमलव २८ प्रतिशत मात्रै खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मञ्जित अछामीका अनुसार सङ्घीय सरकारबाट जिल्लाका लागि विनियोजित रु एक अर्ब ९४ करोड १९ लाख १० हजारमध्ये साउनदेखि चैतसम्म रु ५६ करोड ८५ लाख १९ हजार मात्रै खर्च भएको हो ।

जिल्लाका आठ स्थानीय तहसहित ३६ वटा सङ्घीय कार्यालयका लागि चालु र पुँजीगत गरी कुल रु सात अर्ब ३१ करोड ५२ लाख २९ हजार बजेट विनियोजन गरिएको छ । त्यसमध्ये चालुतर्फ भने खर्चको अवस्था तुलनात्मक रूपमा राम्रो देखिएको छ । चैत मसान्तसम्म चालुतर्फ रु तीन अर्ब ५३ करोड ९२ लाख ५४ हजार अर्थात् ६५ दशमलव ८७ प्रतिशत खर्च भएको छ ।

कुल बजेटतर्फ हेर्दा नौ महिनामा रु चार अर्ब १० करोड ७७ लाख ७३ हजार अर्थात् ५६ दशमलव १५ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ ।

ठूला विकासे आयोजनाहरूको प्रगति अझै कमजोर देखिएको छ । सघन सहरी तथा भवन आयोजना जुम्लामा विनियोजित रु ८० करोड ९५ लाख ४७ हजारमध्ये चैतसम्म रु १९ करोड ६८ लाख पाँच हजार (२३ दशमलव ५५ प्रतिशत) मात्रै खर्च भएको छ ।

त्यस्तै, सडक डिभिजन कार्यालय जुम्लाका लागि छुट्याइएको रु ७४ करोड ३६ लाख १९ हजारमध्ये रु १८ करोड ३८ लाख ९४ हजार (२४ दशमलव ७३ प्रतिशत) मात्र खर्च भएको छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा भने पुँजीगत बजेट खर्च ६७ दशमलव ९१ प्रतिशत पुगेको थियो । यस वर्षको तुलनामा विकास खर्चको अवस्था कमजोर देखिएको छ ।

जिल्लाका प्रमुख विकासे कार्यालयहरू सडक डिभिजन कार्यालय र सघन सहरी तथा भवन आयोजना अन्तर्गतका योजनाको कार्यान्वयन सुस्त हुँदा समग्र पुँजीगत खर्चमा गिरावट आएको देखिएको छ । यी कार्यालयहरूले जुम्लासहित कालीकोट, मुगु, हुम्ला र डोल्पा जिल्लामा विकास योजना सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : १७ बजे

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही– राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार

नेपाली कप्तानहरुको नजरमा फिफा विश्वकप

काठमाडौं– फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु भइसक्यो । अमेरिका,