दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित « Khabarhub

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित


५ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)लाई ६ विकेटले पराजित गरेको छ । दिल्लीलाई अन्तिम ओभरमा १५ रन चाहिएको अवस्थामा डेविड मिलरले लगातार दुई छक्का र एक चौका प्रहार गर्दै एक बल बाँकी छँदै जित दिलाएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन बनायो । जवाफमा दिल्ली क्यापिटल्सले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

यो जितसँगै दिल्ली क्यापिटल्सले आफ्नो तेस्रो जित दर्ता गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। भने, आरसिबी ८ अंकसहित दोस्रो स्थानमा रहेको छ।

स्टब्स र राहुलको अर्धशतक

१७६ रनको लक्ष्य पछ्याउन उत्रिएको दिल्लीको सुरुवात राम्रो हुन सकेन। पावरप्लेमा नै टोलीले ३ विकेट गुमायो। ती सबै विकेट भुवनेश्वर कुमारले लिए। तर ओपनर केएल राहुलले एक छेउ सम्हाल्दै अर्धशतक प्रहार गरे। उनी र ट्रिस्टन स्टब्सबीच चौथो विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी भयो।

राहुलसँगै स्टब्सले नटआउट ६० रन बनाए भने डेविड मिलरले १० बलमा नटआउट २२ रन जोडे। बेंगलुरुका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए भने क्रुनाल पाण्ड्याले १ विकेट लिए।

साल्टको अर्धशतक खेर गयो

पहिले ब्याटिङ गरेको बेंगलुरुका लागि फिल साल्टले उत्कृष्ट अर्धशतक प्रहार गरे। उनले ३८ बलमा ६३ रन बनाए। यो उनको यस सिजनको दोस्रो अर्धशतक हो। विराट कोहलीसँग उनले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए।

कोहलीले १९ रन, टिम डेभिडले २६ रन र देवदत्त पडिक्कलले १८ रन बनाए। दिल्ली क्यापिटल्सका लागि अक्षर पटेल, कुलदीप यादव र लुंगी एनगिडीले २–२ विकेट लिए। मुकेश कुमारले १ विकेट लिए भने क्रुनाल पाण्ड्या रन आउट भए।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ९ : ४९ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले