कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी « Khabarhub

कांग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सूत्र’ जारी


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सूत्र’ जारी गरेको छ । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सुर्खेतद्वारा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु आइतबार सम्पन्न कांग्रेसको ‘बृहत्तर एकता तथा भावी कार्यदिशा’ विषयक विचार गोष्ठीबाट १० बुँदे सूत्र जारी गरेको हो। सम्पन्न गोष्ठीबाट जारी सूत्रको पहिलो बुँदामा कांग्रेसको १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, दोस्रो बुँदामा केन्द्रीय अनुशासन समितिमार्फत देशभरका जिम्मेवार नेता तथा कार्यकर्तामाथि गरिएका कारबाही तथा मागिएका स्पष्टीकरण फिर्ता लिई बृहत्तर एकताको वातावरण बनाउन आह्वान गरिएको छ । त्यस्तै, समावेशी सिद्धान्त, वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा २५ प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाप्रति प्रतिबद्धतासहित भूराजनीतिक संवेदनशीलता बुझ्ने परिपक्व र साझा दृष्टिकोण बनाउनुपर्ने, लोकतान्त्रिक व्यवस्था र सङ्घीय शासन प्रणालीको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्तिहरूबीचको साझा संयन्त्र निर्माणमा तत्काल प्रभावकारी पहल गर्नुपर्ने विषय उक्त सूत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी, महँगीबाट प्रताडित जनतालाई राहत दिलाउन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन, सन्धि, सम्झौताअनुसार गठित ट्रेड युनियन हक अधिकार सुनिश्चित गर्न, प्राकृतिक प्रकोपबाट जनतालाई बचाउन, सदनमा जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्न, सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट तथा कार्यक्रममा कर्णाली विकासका लागि उल्लेखनीय व्यवस्थाका निम्ति सरकारसँग आवश्यक समन्वय एवं पहल गर्न केन्द्रीय नेतृत्वलाई अनुरोध गर्नेलगायतका विषयलाई समेटेर १० बुँदे सूत्र जारी गरिएको नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमिति सभापति ललितजङ्ग शाहीले जानकारी दिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : १८ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर