पश्चिम एसियामा बढ्दो तनाव : युद्धकै जस्तो आरोप-प्रत्यारोपमा उत्रिए इरान-अमेरिका « Khabarhub

पश्चिम एसियामा बढ्दो तनाव : युद्धकै जस्तो आरोप-प्रत्यारोपमा उत्रिए इरान-अमेरिका


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तेहरान- पश्चिम एसियामा फेरि तनाव बढ्दै गएको छ। पछिल्लो केही दिनयता इरान र अमेरिकाबीच युद्धकै तहको आरोप प्रत्यारोप चल्न थालेको छ।

यसैबीच इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निशाना साँध्दै फिल्म ‘द अप्रेन्टिस’ को एउटा भिडियो सार्वजनिक गरेका छन्।

यो फिल्म ट्रम्पको सुरुवाती करियरमा आधारित छ। भिडियोमा ट्रम्पका गुरु रोय कोहनले जित्ने नियमहरू बताउँदै गरेको देखिन्छ। त्यसमा भनिएको छ, ‘जेसुकै होस्, जित दाबी गर र कहिल्यै हार स्वीकार नगर्नु।’

भिडियोमा सफल हुनका लागि मानिसले जे पनि गर्न तयार हुनुपर्छ भन्ने पनि उल्लेख छ।

उता राष्ट्रपति ट्रम्पले इनलाई कडा चेतावनी दिएका छन् । उनले यदि उसले छिट्टै सम्झौता नगरेन उसको केही पनि बाँकी नरहने बताएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानका लागि घडी छिट्टै चलिरहेको छ। उनीहरूलाई धेरै चाँडो कदम चाल्नुपर्नेछ, नत्र उनीहरूको केही पनि बाँकी रहने छैन। समय अत्यन्त महत्वपूर्ण छ।’

उनको यो भनाइ त्यस्तो बेला आएको हो जब अमेरिका र ईरानबीच परमाणु कार्यक्रम, प्रतिबन्ध र युद्ध क्षतिपूर्तिका विषयमा वार्ता फेरि अड्किएको छ।

इरानी मिडियाका अनुसार, अमेरिकाले इरानलाई ४०० किलो समृद्ध युरेनियम सुम्प्न र एउटा मात्र परमाणु सुविधा सञ्चालनमा राख्न माग गरेको छ।

यसको जवाफमा इरानले क्षेत्रीय सैन्य कारबाही रोक्ने, प्रतिबन्ध हटाउने र उसको फ्रिज गरिएका सम्पत्तिहरू फिर्ता गर्ने भए मात्रै वार्ता गर्न तयार रहेको बताएको छ।

इरानी राष्ट्रपति मसूद पेजशकियानले अमेरिका र इजरायलले इरानलाई अस्थिर पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

उता इरानी सर्वोच्च नेताका सल्लाहकार तथा पूर्वआईआरजीसी कमान्डर मोहसिन रेजाईले इरानी बन्दरगाहहरूको नाकाबन्दी तत्काल हटाउन पनि अमेरिकालाई दबाब दिएका छन् ।

यदि त्यसो नभए ओमान सागर अमेरिकी सेनाको चिहानस्थल बन्न सक्ने उनको भनाइ छ। सरकारी टेलिभिजनसँगको कुराकानीमा रेजाईले भने, ‘हामी अमेरिकी सेनालाई घेराबन्दी हटाउन सल्लाह दिन्छौँ। यदि त्यसो नभए ओमान सागर उनीहरूको चिहान बन्नेछ ।’

उनले अमेरिकी नाकाबन्दीलाई युद्ध जस्तै कारबाही भनेका छन् । यसको जवाफ दिनु तेहरानको अधिकार भएको उनल बताए। रेजाईले यो नौसेना नाकाबन्दी जति लामो समयसम्म चल्छ, विश्वका देशहरूलाई त्यति नै ठूलो क्षति पुग्ने उनले बताएका छन् ।

अब अमेरिकाले व्यवहारबाट प्रमाणित ऊ विश्वसनीय छ भन्ने प्रमाणित गर्नुपर्ने उनले बताए। रेजाईले भने, ‘हाम्रो सेना ट्रिगरमा औँला राखेर बसेको छ । कूटनीतिक प्रयासहरू पनि जारी छन्।’

अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूको नाकाबन्दी सुरु गरेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उनीहरूको शर्तमा शान्ति सम्झौता नगरेसम्म यो नाकाबन्दी जारी रहने बताएका छन् । तर तेहरानले स्पष्ट रूपमा अमेरिकी दबाबअगाडि नझुक्ने अडान लिएको छ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ११ : ३३ बजे

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च

८ गतदेखि काठमाडौंमा नेपाल हस्तकला एक्स्पो आयोजना हुने

काठमाडौं– नेपाल हस्तकला महासंघको आयोजनामा जेठ ८ गतदेखि काठमाडौंमा नेपाल

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी

काठमाडौं- नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले जेनजी आन्दालनबारे मानवअधिकार