साउदी अरबमा ड्रोन आक्रमणको कुवेत र कतारको निन्दा, भने- यो सम्प्रभुतामाथि प्रत्यक्ष हमला हो « Khabarhub

साउदी अरबमा ड्रोन आक्रमणको कुवेत र कतारको निन्दा, भने- यो सम्प्रभुतामाथि प्रत्यक्ष हमला हो


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

कुवेत- कुवेत र कतारले साउदी अरबमाथि भएको ड्रोन हमलाको कडा निन्दा गरेका छन् ।

उनीहरूले यसलाई क्षेत्रीय सुरक्षा र सउदी अरबको सम्प्रभुतामाथि हमला भएको बताएका छन्।

सउादी अधिकारीहरूका अनुसार, तीनवटा ड्रोन इराकी हवाई क्षेत्रबाट आएका थिए, जसलाई एयर डिफेन्स प्रणालीले खसाालेको थियो।

कुवेतले आफ्नो विज्ञप्तिमा यो हमला संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी) को प्रस्ताव २८१७ को उल्लङ्घन भनेको छ। यो प्रस्ताव मार्च महिनामा खाडी क्षेत्रका महत्वपूर्ण पूर्वाधारको सुरक्षा गर्नका लागि पारित गरिएको थियो।

कतारले पनि यस घटनालाई अस्वीकार्य आक्रामकता भनेको छ । यसलाई उसले साउदी अरबको सम्प्रभुताको प्रत्यक्ष उल्लङ्घन भएको बताएको छ। उता दोहाले रियादसँग पूर्ण एकजुटता व्यक्त गरेको छ।

साउदी अरबले उसको एयर डिफेन्स प्रणालीले तीनवटा शत्रुतापूर्ण ड्रोन लाई रोकेर नष्ट गरेको जनाएको छ।

अधिकारीहरूका अनुसार, ड्रोनहरू इराकी हवाई क्षेत्रको दिशाबाट आएका थिए। तर अहिलेसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १ : ०४ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ