स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो « Khabarhub

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय खेलमा स्कटल्यान्डविरुद्ध अहिले नेपाली टोलीले जवाफी ब्याटिङ गरिरहेको छ।

त्रिदेशीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा १९४ रन बनाएपछि जवाफी ब्याटिङ गरिरहेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरूवाती धक्का लागेको छ।

नेपालले ८ ओभर खेलिसक्दा २ विकेटको क्षतिमा ६० र बनाएको छ। नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भए ।

कुशलले २७ बलमा २८ रन बनाए । उता आशिफले १७ बलमा २९ रन बनाउँदै आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा स्कटल्यान्डले सावधानीपूर्वक सुरुवात गरेको थियो। प्रारम्भिक ओभरहरूमा नेपाली बलरले दबाब बनाए पनि स्कटल्यान्डले विकेट नगुमाई रन गति अघि बढाएको थियो ।

नेपाल घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यसअघि अमेरिकाविरुद्ध प्रभावशाली जित निकालेको नेपाल स्कटल्यान्डविरुद्ध पनि लय कायम राख्ने प्रयासमा छ ।

लिग–२ अन्तर्गतको यो सिरिज विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १ : २० बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका