स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो « Khabarhub

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय खेलमा स्कटल्यान्डविरुद्ध अहिले नेपाली टोलीले जवाफी ब्याटिङ गरिरहेको छ।

त्रिदेशीय शृंखलामा नेपालले आज आफ्नो तेस्रो खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा १९४ रन बनाएपछि जवाफी ब्याटिङ गरिरहेको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा स्कटल्याण्डले दिएको १९५ रनको लक्ष्य पछ्याएको नेपाललाई सुरूवाती धक्का लागेको छ।

नेपालले ८ ओभर खेलिसक्दा २ विकेटको क्षतिमा ६० र बनाएको छ। नेपालका दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख सस्तैमा आउट भए ।

कुशलले २७ बलमा २८ रन बनाए । उता आशिफले १७ बलमा २९ रन बनाउँदै आउट भएका छन् ।

त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा स्कटल्यान्डले सावधानीपूर्वक सुरुवात गरेको थियो। प्रारम्भिक ओभरहरूमा नेपाली बलरले दबाब बनाए पनि स्कटल्यान्डले विकेट नगुमाई रन गति अघि बढाएको थियो ।

नेपाल घरेलु मैदानमा लगातार राम्रो प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रिएको छ । यसअघि अमेरिकाविरुद्ध प्रभावशाली जित निकालेको नेपाल स्कटल्यान्डविरुद्ध पनि लय कायम राख्ने प्रयासमा छ ।

लिग–२ अन्तर्गतको यो सिरिज विश्वकप छनोट यात्राका लागि महत्त्वपूर्ण मानिएको छ । नेपाल, स्कटल्यान्ड र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक सिरिजका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १ : २० बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले