यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त « Khabarhub

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई) को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ । यूएईका अधिकारीहरूले यसलाई ‘उक्साहटरहित आतङ्कवादी हमला’ भन्दै कडा निन्दा गरेका छन् । आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आगलागी भएको थियो । यद्यपि, कुनै मानवीय क्षति वा रेडियोधर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन् ।

यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो । पछिल्ला हप्ताहरूमा फारसको खाडी क्षेत्रमा तनाव तीव्र बन्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै सामाजिक सञ्जालमार्फत “इरानका लागि समय सकिँदै गएको” बताएका छन् । उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग फोनवार्ता गरेपछि यस्तो प्रतिक्रिया दिए ।

इरानका सर्वोच्च नेताका सैन्य सल्लाहकार मोहसेन रेजाईले भने “हाम्रा सशस्त्र बलहरू युद्धका लागि पूर्ण तयारी अवस्थामा रहेको, तर कूटनीतिक प्रयास पनि जारी रहेको” बताएका छन् । यूएई रक्षा मन्त्रालयका अनुसार, तीनवटा ड्रोन साउदी अरेबियाको सीमातर्फबाट यूएई प्रवेश गरेका थिए । तीमध्ये दुईवटा ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले बीचमै खसालेको थियो भने एउटा ड्रोनले यूएईको बाराकाह आणविक ऊर्जा केन्द्र नजिक आगलागी गराएको बताइएको छ ।

बाराकाह आणविक ऊर्जा केन्द्रले यूएईको कुल विद्युत आवश्यकताको करिब एक चौथाइ ऊर्जा उत्पादन गर्ने गर्दछ । त्यसैले यस केन्द्रमाथिको हमला अत्यन्त संवेदनशील मानिएको छ । यूएईका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले सामाजिक सञ्जालमा लेख्दै “यो हमला प्रत्यक्ष रूपमा वा कुनै प्रतिनिधि समूहमार्फत गरिएको भए पनि अत्यन्त खतरनाक उक्साहट” भएको बताए ।

साउदी अरेबियाले पनि उक्त आक्रमणको निन्दा गर्दै आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका थप तीन ड्रोन खसालिएको जनाएको छ । हालै इरान समर्थित सशस्त्र समूहहरू तथा इराकस्थित शिया लडाकु समूहहरूले खाडी क्षेत्रका विभिन्न देशमाथि ड्रोन आक्रमण गर्दै आएका छन् । यसैबीच, होर्मुज जलडमरूमध्यमा अमेरिकी नौसैनिक नाकाबन्दीका कारण क्षेत्रीय तनाव झन् बढेको छ । विश्लेषकहरूका अनुसार, यूएईको आणविक संरचनामाथि भएको यो हमला मध्यपूर्वलाई फेरि ठूलो युद्धतर्फ धकेल्ने सङ्केत हुन सक्छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  २ : ३८ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश