विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता « Khabarhub

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।

भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले २०८२ साउन ५-७ गते बसेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।

आइतबार मात्रै पार्टी सदस्यता रोक्ने निर्णय गरेिपछि पहिलो पटक पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई एमालेले पहिलोपटक प्रमुख अतिथिका रूपमा आफ्नो कार्यक्रममा स्थान दिएको थियो।

३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा एमालेले आइतबार आफ्नो पुरानो कार्यालय रहेको मदननगर बल्खुमा आयोजना गरेको सभामा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाइएको थियो।

पूर्वराष्ट्रपति भण्डारीका पतिसमेत रहेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चितवनको दासढुंगामा गाडी दुघर्टनामा परी निधन भएको जेठ ३ गते ३३ वर्ष पुगेको थियो

यो कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेका उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र गोकर्ण विष्ट तथा महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिवहरू पद्मा अर्याल, भानुभक्त ढकाल, हिक्मत कार्की राजन भट्टराई र खगराज अधिकारीलगायत सहभागी भए।

भण्डारी पहिलोपटक २०७२ कात्तिक ११ मा राष्ट्रपति बनेकी थिइन्। उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ गते राष्ट्रपतिमा भएकी थिइन् ।

उनले २०७९ फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन् । त्यहीबेला उनले एमालेको सदस्यता नवीकरण गराएकी थिइन्।

तर अध्यक्ष केपी शर्मा ओलीले २०८२ साउन ६ गते भण्डारीको पार्टी सदस्यता रोक्ने निर्णय गराए। त्यसपछि २०८२ मंसिर २७ देखि पुस ३ सम्मको ११औँ महाधिवेशनमा उनले भाग लिन पाइनन् ।

भदौको जेन-जी आन्दोलन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ओली नेतृत्वको एमालेको लज्जास्पद हार भएको थियो । अहिले ओलीले नेतृत्व छाड्नुपर्ने दबाब छ । उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल नै ओलीको विपक्षमा हुँदा भण्डारीको सदस्यता नवीकरण भएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ५ : ५४ बजे

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित सङ्गम टोलमा सवारी साधन (स्कुटर)को