रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा « Khabarhub

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी महाधिवेशनको तयारी र पार्टीको आन्तरिक नीतिबारे सघन छलफल भइरहेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठक मुख्य गरी यही असार ७ गतेदेखि चितवनमा हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ। बैठकमा महाधिवेशनको व्यवस्थापकीय तयारी, प्रतिनिधि छनोट र कार्यतालिकाका विषयमा समीक्षा भइरहेको छ।

यसका साथै पार्टीको भावी दिशा तय गर्ने महत्त्वपूर्ण दस्तावेज मानिएको ‘विधान मस्यौदा’ माथि पनि सचिवालय बैठकमा विस्तृत छलफल हुने स्रोतले जनाएको छ। महाधिवेशनमा पेश गरिने विधान परिमार्जनका विषय र सांगठनिक संरचनाबारे केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम जारी छ। चितवन महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : २७ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष