रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा « Khabarhub

रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा आगामी महाधिवेशनको तयारी र पार्टीको आन्तरिक नीतिबारे सघन छलफल भइरहेको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार आजको बैठक मुख्य गरी यही असार ७ गतेदेखि चितवनमा हुन लागेको पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा केन्द्रित रहेको छ। बैठकमा महाधिवेशनको व्यवस्थापकीय तयारी, प्रतिनिधि छनोट र कार्यतालिकाका विषयमा समीक्षा भइरहेको छ।

यसका साथै पार्टीको भावी दिशा तय गर्ने महत्त्वपूर्ण दस्तावेज मानिएको ‘विधान मस्यौदा’ माथि पनि सचिवालय बैठकमा विस्तृत छलफल हुने स्रोतले जनाएको छ। महाधिवेशनमा पेश गरिने विधान परिमार्जनका विषय र सांगठनिक संरचनाबारे केन्द्रीय नेताहरूले धारणा राख्ने क्रम जारी छ। चितवन महाधिवेशनलाई भव्य र व्यवस्थित बनाउन पार्टीले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ९ : २७ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको