सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार « Khabarhub

सुकुम्वासी बस्ती हटेपछि यस्तो देखिए उपत्यकाका खोला किनार


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैशाख १२ गतेदेखि सुरु गरेको काठमाडौं उपत्यकाका विभिन्न नदी किनार तथा सार्वजनिक जग्गामा रहेका सुकुम्वासी बस्ती हटाउने काम काठमाडौं उपत्यका हकमा पूर्णता पाएको छ ।

यस क्रममा मनोहरा, गैरीगाउँ, बल्खु, टेकु, बालाजु लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीहरू हटाइसकिएको छ । बस्ती हटाइएका स्थानहरू अहिले पूर्ण रूपमा खुला र खाली देखिएका छन् । वर्षौंदेखि अतिक्रमणमा परेका नदी किनार र सार्वजनिक उपयोगका जग्गा खाली भएपछि ती क्षेत्रको स्वरूप समेत परिवर्तन भएको छ ।

बागमती तथा यसका सहायक नदी किनारको संरक्षण, वातावरणीय सुधार तथा शहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायहरूले खाली भएका स्थानहरूको संरक्षण तथा व्यवस्थापनका लागि विभिन्न काम अघि बढाएका छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण तथा काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा खाली भएका क्षेत्रको संरक्षण, हरियाली प्रवर्द्धन, नदी किनार व्यवस्थापन तथा पुनः अतिक्रमण हुन नदिने उद्देश्यले आवश्यक संरचना निर्माण तथा निगरानीका कार्यहरू सञ्चालन गरिरहेका छन् ।

नदी किनार तथा सार्वजनिक जग्गाको दीर्घकालीन संरक्षणका लागि तारबार, वृक्षारोपण, पैदलमार्ग निर्माण, सौन्दर्यीकरण तथा नियमित अनुगमनका कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको छ। साथै खाली गरिएका क्षेत्रमा पुनः अवैध बसोबास हुन नदिन सुरक्षा तथा निगरानी व्यवस्था पनि कडा बनाइएको जनाइएको छ ।

सरकारी निकायहरूले नदी प्रणालीको संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने तथा सार्वजनिक सम्पत्तिको उचित उपयोग सुनिश्चित गर्ने उद्देश्यले अभियानलाई निरन्तरता दिने बताएका छन् । 

खाली भएका क्षेत्रलाई व्यवस्थित सार्वजनिक उपयोगमा ल्याउने र उपत्यकाको शहरी वातावरण सुधार गर्ने लक्ष्यका साथ सम्बन्धित निकायहरू सक्रिय रूपमा काम गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ११ : १८ बजे

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को