कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान « Khabarhub

कैलाली चुरेका भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई ५० हजार रुपैयाँ अनुदान दिएको छ । किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले चालु आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गाउँपालिकाका छवटै वडामा फर्म दर्तागरी  भैँसीपालन गर्दै आउनुभएका १० जना किसानलाई प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको पशु शाखा प्रमुख धर्मराज भट्टले बताए ।

यसैगरी, गाउँपालिकाले व्यावसायिक रूपमा बाख्रा पाल्दैआएका किसानलाई अनुदान दिएको छ । चालु आर्थिक वर्षमा बाख्रापालक किसानलाई अनुदानका लागि चार लाख र भैँसीका लागि पाँच लाख बजेट विनियोजन गरेको थियो ।

भैँसी प्रवद्र्धनका लागि व्यावसायिक फर्मको हकमा दुईवटा माउ भैँसी समूहको हकमा कम्तीमा ३० वटा हुनुपर्ने, बाख्रा प्रवर्द्धन कार्यक्रमका लागि फर्मको हकमा कम्तीमा ३० वटा र समूहका हकमा कम्तीमा २०० वटा माउ हुनुपर्ने प्रावधान रहेको शाखा प्रमुख भट्टले बताए ।

यसैगरी, चुरे गाउँपालिका–६ ले वडाभित्रका १० जना एकल महिलालाई बाख्रा वितरण गरेको छ । विपन्न, असहाय महिलाको आयआर्जनमा सहजता होस् भन्ने उद्देश्यले एक लाखको बजेटमा १० जना एकल महिलालाई बाख्रा वितरण गरिएको वडाध्यक्ष प्रेमबहादुर साउदले  जानकारी दिए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ११ : ११ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले नयाँ दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६