हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह « Khabarhub

हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनानमा हेजबुल्लाहका लक्ष्यहरू सामना गर्न उद्धार दृष्टिकोण अवलक्बन गर्न आग्रह गरेका छन् ।

दुई राष्ट्रहरू बीचको गठबन्धन बलियो रहेको कुरामा जोड दिदै ट्रम्पले इजरायलले खतराहरूलाई आक्रामक रूपमा प्रतिक्रिया दिने लगायतका विषयमा असहमति रहेको खुलासा गरेका छन् । 

यस अघि मंगलबार लेबनानमा सैन्य कारबाहीलाई नियन्त्रण गर्न कडा असन्तुष्टि व्यक्त गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कडा निन्दा गरेका थिए ।
 
सिरियाले हेजबुल्लाहको व्यवस्थापन माथि नियन्त्रण लिन सक्ने प्रस्ताव पेस गर्दै उनले इजरायलले “छिटो काम गर्न सक्षम हुनुपर्ने कुरामा जोड दिँदै नेतान्याहुसँग “सन्तुष्ट नभएको बताए  । 

विस्तारित शत्रुताले इरानसँगको आफ्नो कूटनीतिक सफलतामा नकारात्मक प्रभाव पारेकोसमेत  ट्रम्पले बताए । उनले संयुक्त राज्य अमेरिकाले तेहरानसँगको सम्झौतालाई अन्तिम रूप दिनु भन्दा दुई घण्टा अघि बेरुतमा भएको इजरायली आक्रमण प्रति कडा असन्तुष्टि व्यक्त गरे ।

लेबनानमा तीव्र, तथा दैनिक रूपमा भएको इजरायली बमबारीको बीचमा,  हजारौंको ज्यान गएको उल्लेख गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले बढ्दो नागरिक हाताहातको विषयमा नेतान्याहुसँग असन्तुष्ट रहेको बताए । 

फ्रान्समा जी–७ शिखर सम्मेलनको अवसरमा बोल्दै ट्रम्पले इजरायलले हेजबुल्लाहसँग लामो समय देखि लडिरहेको कारण धेरै मानिसको मृत्यु भएको बताए।  

 यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाका राष्ट्रपति अहमद अल–साराले हेजबुल्लाहको नियन्त्रणलाई अझ प्रभावकारी रूपमा निरीक्षण गर्न सक्ने भन्दै सिरियालाई हेजबुल्लाहको हेरचाह गर्न दिन इजरायललाई सुझाव दिए । 

अमेरिका र इरानले यस हप्ताको अन्त्यमा शान्ति सम्झौतामा हस्ताक्षर गर्न तयार भए पछि तेहरानले यो सँगै लेबनानमा पनि दिगो शान्ति र तनाव अन्त्य हुने बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १२ : ३१ बजे

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय

राहदानी खरिद : जलाइएको घरको भित्तामा म्याद तामेली, आरजुले ईमेलमा भनिन्, ‘उपचारमा छु, तत्कालै आउन सक्दिनँ’

काठमाडौं– राहदानी खरिद प्रकरणमा भ्रष्टाचार भएको आरोपबारे बयानका लागि बोलाउँदै

खेल ओझेलमा, उमेर चर्चामा

काठमाडौं – पोर्चुगिच स्टार स्टाइकर क्रिस्टियानो रोनाल्डोले प्राप्त गर्न नसकेको

अमेरिका-इरान प्रारम्भिक वार्ता स्विट्जरल्याण्डमा हुने

एजेन्सी– अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रारम्भिक चरणको प्रत्यक्ष वार्ता

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को