अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने « Khabarhub

अमेरिका–इरान सहमति : होर्मुज जलडमरूमध्यको प्रतिबन्ध हटाइने


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा आएको छ । १४ बुँदे उक्त सहमतिअन्तर्गत विश्व व्यापारका लागि महत्वपूर्ण मानिने होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याइने भएको छ।

सहमति अनुसार अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया सुरु गर्नेछ भने ३० दिनभित्र उक्त नाकाबन्दी पूर्ण रूपमा अन्त्य हुनेछ।

इरानले पनि आगामी ६० दिनसम्म होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सक्दो प्रयास गर्ने र कुनै शुल्क नलिने प्रतिबद्धता जनाएको छ।

सहमतिअन्तर्गत इरानले आणविक हतियार निर्माण वा खरिद नगर्ने जनाएको छ भने अमेरिकाले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाउने सहमति गरेको छ।

दुवै देशले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित वार्ता अघि बढाउने सहमति गरेका छन्। पारस्परिक सहमतिमा उक्त समयसीमा थप गर्न सकिने व्यवस्था पनि गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १ : ३३ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था