सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना « Khabarhub

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने तयारी गरेको छ।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुवर्षीय ठेक्का प्रणालीमार्फत ठूलो परिमाणमा टेन्डर अघि बढाइने जानकारी दिएका हुन्।

मन्त्री लम्सालका अनुसार मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि तीन वर्षका लागि काम समेटिने गरी एकैटक ठेक्का प्रक्रिया अघि बढाउने योजना छ। उनले मूल्यवृद्धिका आधारमा लागत समायोजन हुने व्यवस्था पनि लागू गरिने बताए।

उनका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना टेन्डर आह्वान प्रक्रियामै खर्च हुने भएकाले प्रारम्भिक बजेट कम देखिने भए पनि दीर्घकालीन ठेक्का प्रणालीले काम छिटो अघि बढाउने अपेक्षा गरिएको छ।

‘तीन वर्षको ठेक्का एकैपटक लगाउँदा समय प्रक्रिया छोटिनेछ,’ मन्त्री लम्सालले भने, ‘हाल २० देखि २२ महिना लाग्ने काम ६ देखि ७ महिनामा झार्ने लक्ष्य छ।’

सरकारले यस कदमले पूर्वाधार परियोजनाको कार्यान्वयन गति बढ्ने र ढिलाइ कम हुने अपेक्षा गरेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  २ : ४३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर