सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना « Khabarhub

सरकारले पूर्वाधारमा एकै वर्ष १० खर्बको टेन्डर खुलाउने योजना


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षमा करिब १० खर्ब रुपैयाँ बराबरको टेन्डर खुलाउने तयारी गरेको छ।

बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलका क्रममा जवाफ दिँदै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बहुवर्षीय ठेक्का प्रणालीमार्फत ठूलो परिमाणमा टेन्डर अघि बढाइने जानकारी दिएका हुन्।

मन्त्री लम्सालका अनुसार मन्त्रालयको वार्षिक बजेट २ खर्ब ८६ अर्ब रुपैयाँ भए पनि तीन वर्षका लागि काम समेटिने गरी एकैटक ठेक्का प्रक्रिया अघि बढाउने योजना छ। उनले मूल्यवृद्धिका आधारमा लागत समायोजन हुने व्यवस्था पनि लागू गरिने बताए।

उनका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना टेन्डर आह्वान प्रक्रियामै खर्च हुने भएकाले प्रारम्भिक बजेट कम देखिने भए पनि दीर्घकालीन ठेक्का प्रणालीले काम छिटो अघि बढाउने अपेक्षा गरिएको छ।

‘तीन वर्षको ठेक्का एकैपटक लगाउँदा समय प्रक्रिया छोटिनेछ,’ मन्त्री लम्सालले भने, ‘हाल २० देखि २२ महिना लाग्ने काम ६ देखि ७ महिनामा झार्ने लक्ष्य छ।’

सरकारले यस कदमले पूर्वाधार परियोजनाको कार्यान्वयन गति बढ्ने र ढिलाइ कम हुने अपेक्षा गरेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  २ : ४३ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न