ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ « Khabarhub

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो वर्ष केही आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् ।

उनले पहिलो वर्षमा आयोजनाहरूमा छुट्टाइएको बजेट कम भए रकमान्तर गरेर भए पनि पूर्ति गरिने उल्लेख गरे ।

मन्त्री लम्सालले मन्त्रालयको बजेट करिब ३ खर्बको रहे पनि आगामी आर्थिक वर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताए । 

उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएको र सांसदहरूको मागका आधारमा सबै क्षेत्रलाई प्राथमिकता राखेको धारणा राखे । 

काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफूले गरेको र कसैलाई दुख दिने आशय नभएको स्पष्ट पारे । 

उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउन सक्ने भएकाले सचेत गराएको बताए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ४ : ०५ बजे

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा