ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ « Khabarhub

 ठेकेदारको खुट्टा भाँच्नेबारे पूर्वाधारमन्त्रीको जवाफ : कम्पनीलाई जिम्मेवार बनाउन खोजेको, कसैलाई दु:ख दिँदैनौँ


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो वर्ष केही आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् ।

उनले पहिलो वर्षमा आयोजनाहरूमा छुट्टाइएको बजेट कम भए रकमान्तर गरेर भए पनि पूर्ति गरिने उल्लेख गरे ।

मन्त्री लम्सालले मन्त्रालयको बजेट करिब ३ खर्बको रहे पनि आगामी आर्थिक वर्षमा १० खर्ब रुपैयाँ बराबरका ठेक्का आह्वान गर्ने लक्ष्य रहेको बताए । 

उनले संघीय सरकारको क्षेत्रमा पर्ने सडक निर्माणका लागि पर्याप्त बजेट विनियोजन भएको र सांसदहरूको मागका आधारमा सबै क्षेत्रलाई प्राथमिकता राखेको धारणा राखे । 

काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिप्रति मन्त्री लम्सालले ठेकेदार कम्पनीलाई जिम्मेवार बनाउने प्रयास मात्रै आफूले गरेको र कसैलाई दुख दिने आशय नभएको स्पष्ट पारे । 

उनले ठेकेदार कम्पनीले समयमा नै काम नगर्दा ठेक्का रद्द गर्नुपर्ने र यसका कारण समय र स्रोत समेत खेर जाने अवस्था आउन सक्ने भएकाले सचेत गराएको बताए ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ४ : ०५ बजे

एनडीटीभी वर्ल्ड समिटमा सहभागी हुन अर्थमन्त्री वाग्ले दिल्लीमा

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि

तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प: १६ जनाको मृत्यु

काठमाडौँ – तिब्बतको हिमाली क्षेत्रमा बिहीबार राति गएको ७ म्याग्निच्यूडको

रास्वपा सभापति लामिछाने तीन दिने भारत भ्रमणमा, कैँछी धाम र कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

३६२ वर्ष पुरानो तान्त्रिक परम्परा: ललितपुर पाटनको अष्टमातृका नाच

ललितपुर – परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६