विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने « Khabarhub

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगायतका ऐन ल्याउने योजना रहेको बताएका हुन् ।

उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमा बनाइने र आगामी वर्षदेखि कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारले समेत आवश्यक बजेट छुट्टाउन सुझाव दिए । मन्त्रालयलाई छुट्टाइएको ४ अर्ब मध्ये योजना र कार्यक्रम नभएकाले साढे ३ करोड भने अवण्डामा रहेको उनले जानकारी दिए । 

मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अव अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गरे । 

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ४ : २८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर