विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने « Khabarhub

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगायतका ऐन ल्याउने योजना रहेको बताएका हुन् ।

उनले मन्त्रालयको कार्य प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमा बनाइने र आगामी वर्षदेखि कार्यान्वयनमा लैजाने उल्लेख गरे ।

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारले समेत आवश्यक बजेट छुट्टाउन सुझाव दिए । मन्त्रालयलाई छुट्टाइएको ४ अर्ब मध्ये योजना र कार्यक्रम नभएकाले साढे ३ करोड भने अवण्डामा रहेको उनले जानकारी दिए । 

मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अव अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गरे । 

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ४ : २८ बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा