नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी  « Khabarhub

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहसलाई ‘बेमौसमी’ भन्दै त्यस्ता छलफलमा नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशस्तरीय सुझाव संकलन बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिए।

“नेतृत्व परिवर्तनको बेमौसमी बहस सुरु गरेर पार्टी कमजोर बनाउने खेलमा कोही पनि लाग्नु हुँदैन,” ओलीले भने, “पार्टीलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता लाग्नुपर्छ। समय आएपछि नेतृत्वको बहस गरौँला।”

बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी थिए।

ओलीले सुझाव संकलनका नाममा प्रदेशमा खटिएका नेताहरूलाई स्थानीय यथार्थ बुझेर रिपोर्ट ल्याउन निर्देशन दिँदै उनीहरूका कुरा मात्र सुनेर निष्कर्षमा नपुग्न पनि आग्रह गरे।

“पार्टीले उहाँहरूलाई ग्राउन्ड रियालिटी बुझेर आउन पठाएको हो, त्यसैले खुलेर आफ्ना कुरा राख्नुहोस्,” ओलीले भने।

एमालेले पछिल्लो समय प्रदेशस्तरमा सुझाव संकलन अभियान चलाइरहेको छ। तर सो क्रममा पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मागसमेत उठ्दै आएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ४ : ३२ बजे

संसद्‌मा मन्त्री गौतमको जवाफ : अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा

स्वास्थ्य अवस्थाका कारण कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट लिए विश्राम

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई कारण

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

काठमाडौं- फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको पहिलो राउण्डका खेलहरू

स्टार्टअपलाई दुई दिनभित्रै दर्ता गरिने, सरकारले ल्यायो ‘फास्ट ट्रयाक’ कार्ययोजना

काठमाडौं– नेपाल सरकारले उद्यमशीलता प्रवर्धन र लगानीको वातावरणमा सुधार गर्न