नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी  « Khabarhub

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी बहसलाई ‘बेमौसमी’ भन्दै त्यस्ता छलफलमा नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशस्तरीय सुझाव संकलन बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले पार्टीलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन निर्देशन दिए।

“नेतृत्व परिवर्तनको बेमौसमी बहस सुरु गरेर पार्टी कमजोर बनाउने खेलमा कोही पनि लाग्नु हुँदैन,” ओलीले भने, “पार्टीलाई एकताबद्ध बनाउन सबै नेता–कार्यकर्ता लाग्नुपर्छ। समय आएपछि नेतृत्वको बहस गरौँला।”

बैठकमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी थिए।

ओलीले सुझाव संकलनका नाममा प्रदेशमा खटिएका नेताहरूलाई स्थानीय यथार्थ बुझेर रिपोर्ट ल्याउन निर्देशन दिँदै उनीहरूका कुरा मात्र सुनेर निष्कर्षमा नपुग्न पनि आग्रह गरे।

“पार्टीले उहाँहरूलाई ग्राउन्ड रियालिटी बुझेर आउन पठाएको हो, त्यसैले खुलेर आफ्ना कुरा राख्नुहोस्,” ओलीले भने।

एमालेले पछिल्लो समय प्रदेशस्तरमा सुझाव संकलन अभियान चलाइरहेको छ। तर सो क्रममा पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मागसमेत उठ्दै आएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ४ : ३२ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर