फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन « Khabarhub

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुले काठमाडौंको फ्रन्टलाइन हस्पिटलको अनुगमन गर्दै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता सुनिश्चित गर्न निर्देशन दिएको छ।

अनुगमन टोलीले अस्पतालमा कार्यरत श्रमिकहरूको पारिश्रमिक, सेवा सुविधा तथा सम्बन्धित कागजातहरूको अध्ययन गरेको थियो। सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गरेको पाइए पनि सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आबद्धता न्यून रहेको पाइएको छ।

अस्पताल प्रशासनले ६० वर्षे उमेर सीमा र कोषबाट रकम झिक्ने प्रक्रियासम्बन्धी नीतिगत अन्योलका कारण आबद्धता कमजोर भएको दाबी गरेको छ। तर केही कर्मचारीहरूले भने कोषमा रकम जम्मा गरिदिने आश्वासन दिइए पनि व्यवहारमा जम्मा नभएको गुनासो गरेका छन्।

श्रम कार्यालयले सबै कर्मचारीलाई एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध गराई त्यसको प्रमाण पेश गर्न अस्पताललाई निर्देशन दिएको छ। साथै, १० बुँदे विवरण समेत उपलब्ध गराउन भनिएको छ, जसमा कर्मचारी तथा प्रशिक्षार्थीहरूको विवरण, पारिश्रमिक, सेवा सुविधा, कोषमा जम्मा गरिएको रकम, सेवा नियमावली र सुरक्षा तथा स्वास्थ्य नीतिसम्बन्धी कागजातहरू समावेश छन्।

श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवका अनुसार ओभरटाइम काम र त्यससँग सम्बन्धित गुनासोका विषयमा अनुगमनलाई थप प्रभावकारी बनाइनेछ।

अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशन पनि दिएको छ। प्रमाण प्राप्त भएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ५ : ४८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर