फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन « Khabarhub

फ्रन्टलाइन हस्पिटललाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध हुन निर्देशन


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको श्रम तथा रोजगार कार्यालय, टेकुले काठमाडौंको फ्रन्टलाइन हस्पिटलको अनुगमन गर्दै श्रमिकहरूको सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता सुनिश्चित गर्न निर्देशन दिएको छ।

अनुगमन टोलीले अस्पतालमा कार्यरत श्रमिकहरूको पारिश्रमिक, सेवा सुविधा तथा सम्बन्धित कागजातहरूको अध्ययन गरेको थियो। सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गरेको पाइए पनि सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आबद्धता न्यून रहेको पाइएको छ।

अस्पताल प्रशासनले ६० वर्षे उमेर सीमा र कोषबाट रकम झिक्ने प्रक्रियासम्बन्धी नीतिगत अन्योलका कारण आबद्धता कमजोर भएको दाबी गरेको छ। तर केही कर्मचारीहरूले भने कोषमा रकम जम्मा गरिदिने आश्वासन दिइए पनि व्यवहारमा जम्मा नभएको गुनासो गरेका छन्।

श्रम कार्यालयले सबै कर्मचारीलाई एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध गराई त्यसको प्रमाण पेश गर्न अस्पताललाई निर्देशन दिएको छ। साथै, १० बुँदे विवरण समेत उपलब्ध गराउन भनिएको छ, जसमा कर्मचारी तथा प्रशिक्षार्थीहरूको विवरण, पारिश्रमिक, सेवा सुविधा, कोषमा जम्मा गरिएको रकम, सेवा नियमावली र सुरक्षा तथा स्वास्थ्य नीतिसम्बन्धी कागजातहरू समावेश छन्।

श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवका अनुसार ओभरटाइम काम र त्यससँग सम्बन्धित गुनासोका विषयमा अनुगमनलाई थप प्रभावकारी बनाइनेछ।

अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशन पनि दिएको छ। प्रमाण प्राप्त भएपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ५ : ४८ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि