अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो « Khabarhub

अहङ्कार र घमण्डले सर्वहाराको सपनामाथि कुठाराघात भएको भन्दै एमालेमा नेतृत्व रुपान्तरणको माग चर्कियो


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) भित्र व्यापक रूपान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनाको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान–२०८२’ का नाममा विस्तृत अपिल सार्वजनिक गरिएको छ । ‘श्रद्धेय कमरेड’ सम्बोधन गरिएको उक्त अपिलमा नेपाली कम्युनिष्ट आन्दोलन इतिहासकै गम्भीर संकटमा पुगेको उल्लेख गर्दै पार्टीले जनआकर्षण गुमाउँदै गएको र संसदीय राजनीतिमा कमजोर बन्दै गएको दाबी गरिएको छ ।

पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीले देखाएको राजनीतिक आदर्शलाई स्मरण गर्दै वर्तमान नेतृत्वप्रति सम्मान व्यक्त गरिए पनि पार्टीभित्र आन्तरिक जनवाद कमजोर बन्दै गएको, संस्थागत निर्णय प्रक्रियामाथि आघात पुगेको तथा नयाँ पुस्ता एमालेबाट टाढिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ । अपिलमा २०८२ को निर्वाचन परिणामले पार्टीको जनाधार खुम्चिएको देखाएको उल्लेख गर्दै त्यसको नैतिक जिम्मेवारी नेतृत्वले नलिएको आरोप लगाइएको छ ।

वैचारिक बहस संकुचित भएको, संगठनात्मक ऊर्जा कमजोर बनेको र युवा पुस्तामा विदेश पलायन तथा राजनीतिक निराशा बढेको भन्दै त्यसलाई केवल विरोधीको प्रचारका रूपमा लिन नहुने धारणा व्यक्त गरिएको छ । आसन्न स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै वर्तमान कार्यशैली, संगठनात्मक गतिहीनता र युवापुस्ताको असन्तुष्टिलाई सम्बोधन नगरी चुनावमा गए पार्टीले अपूरणीय क्षति बेहोर्नुपर्ने चेतावनी पनि अपिलमा दिइएको छ ।

अहङ्कार र घमण्डले सर्वहारा वर्गको मुक्तिको सपनामाथि ठूलो कुठाराघात गरेको भन्दै यसका लागि तत्काल रूपान्तरणसहित पुनर्संरचनाको महाअभियान सुरु गर्नुपर्नेमा जोड दिइएको छ । अपिलमा नेतृत्व परिवर्तनलाई रूपान्तरणको पहिलो सर्तका रूपमा प्रस्तुत गरिएको छ। पार्टी नेतृत्व तथा उम्मेदवार छनोट प्रत्यक्ष सदस्यबाट हुने व्यवस्था गर्नुपर्ने, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था लागू गर्नुपर्ने, नीति निर्माण तहमा कम्तीमा स्नातक उत्तीर्ण व्यक्तिलाई मात्र अवसर दिनुपर्ने तथा प्रत्येक कमिटीमा ६० प्रतिशत पुराना र ४० प्रतिशत नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

त्यस्तै, नेतृत्वले पारदर्शी जीवनशैली अपनाउनुपर्ने र अग्रजको अनुभव तथा नयाँ पुस्ताको ऊर्जाको संयोजनबाट मात्रै आन्दोलनलाई पुनर्जीवित गर्न सकिने उल्लेख गरिएको छ । अपिलमा एमालेको रूपान्तरण र पुस्तान्तरणलाई केवल संगठनभित्रको विषय नभई नेपालको राष्ट्रियता, स्वाधीनता र समृद्धिसँग जोडिएको प्रक्रिया भएको दाबी गरिएको छ ।

समयमै परिवर्तन हुन नसके नेपालको कम्युनिष्ट आन्दोलन दीर्घकालीन रूपमा कमजोर हुने चेतावनी दिँदै जिम्मेवार तहमा रहेका नेता तथा कार्यकर्तालाई रूपान्तरण र पुस्तान्तरणको पक्षमा उभिन आग्रह गरिएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ५ : ५५ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि