राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित « Khabarhub

राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी महाधिवेशनको कार्यतालिका पारित गरेको छ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन समितिले प्रस्तुत गरेको नियमावली र निर्देशिकालाई आवश्यक परिमार्जनसहित पारित गरिएको जानकारी दिए। उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरू शुक्रबारदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिनेछन्।

अध्यक्ष लिङदेनले केन्द्रीय समितिको बैठकले कार्यसम्पादन समितिबाट पारित प्रस्तावहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिने बताए।

उनले महाधिवेशनलाई लक्षित गर्दै भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने तथा असोज मसान्तसम्म सक्रिय सदस्यता वितरणको कार्य सम्पन्न गर्ने प्रस्ताव पनि बैठकले अघि सारेको जानकारी दिए। 

राप्रपाले महाधिवेशनको तयारीलाई व्यवस्थित र समयबद्ध बनाउन चरणबद्ध कार्यतालिका तय गरेको जनाएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ५ : ५७ बजे

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा

सरकारले प्रदेशको अधिकार उच्च प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो नेतृत्वको सरकारले प्रदेशहरूको सशक्तीकरण