दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक गणतन्त्रले दक्षिण अफ्रिकाविरुद्ध सुरुवाती अग्रता बनाएको छ।

खेलको छैटौं मिनेटमै चेक गणतन्त्रका मिचाल सादिलेकले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन्। सादिलेकले अलेक्जेन्डर सोइकाको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए।

यसअघि दुवै टोलीले विश्वकपको पहिलो खेलमा हार बेहोरेका थिए। दक्षिण अफ्रिका मेक्सिकोसँग २–० ले पराजित भएको थियो भने चेक गणतन्त्र दक्षिण कोरियासँग २–१ ले हारेको थियो।

समूह चरणमा टिकिरहन दुवै टोलीलाई जित आवश्यक रहेको अवस्थामा एटलान्टामा जारी खेलमा चेक गणतन्त्रले आक्रामक सुरुवात गरेको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  १० : १२ बजे

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ

इरान जाने क्रममा १४ अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

हेरात– इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिमी अफगानिस्तानको

अलविदा निम्सदाइ !

काठमाडौं- पर्वतारोहण क्षेत्रमा सुपरिचित ४३ वर्षीय आरोही निर्मल पुर्जा (निम्सदाइ)

अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि

भद्रपुर– अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढ्दै जाँदा काँकडभिट्टा नाकाबाट