सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन « Khabarhub

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा पुगेको वाग्मती सफाइ महाअभियानअन्तर्गत शनिबार सिनामङ्गल पुलमुनि वाग्मती नदी किनारबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ।

सफाइ अभियानका क्रममा संकलन गरिएको फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभागले व्यवस्थापन गरेको जनाएको छ।

अभियानमा काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष हीरालाल तन्डुकार, वडा नं. ९ का वडासदस्य टेकराज अधिकारी, रोटरी क्लब अफ काठमाडौं हेरिटेजका अभियानकर्मी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी, वाग्मती सफाइ अभियानका स्वयंसेवक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान निरन्तर सञ्चालन हुँदै आएको छ। अभियानअन्तर्गत प्रत्येक शनिबार बिहान दुई घण्टा स्वयंसेवकहरू वाग्मती नदी किनारमा सरसफाइमा जुट्दै आएका छन्। अभियानकर्मी किशोरसिंह शाहीका अनुसार साउने झरी, अत्यधिक गर्मी, जाडो, दशैँ–तिहार, भूकम्प तथा कोरोना महामारीजस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि अभियानले निरन्तरता कायम राखेको छ।

महाअभियानले आगामी शनिबार पनि सिनामङ्गल क्षेत्रमा नै सरसफाइ कार्यक्रम सञ्चालन गरिने जनाएको छ। अभियानको प्रभावस्वरूप काठमाडौं उपत्यकाका विभिन्न नदी, चक्रपथ क्षेत्र तथा सम्पदास्थलमा नियमित सरसफाइ हुँदै आएको छ। साथै राजधानी बाहिरका प्रमुख सहर र नदी सभ्यतास्थलमा पनि यस्ता अभियान विस्तार भएका छन्।

वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई हाल देशभर १०८ भन्दा बढी स्थानमा नियमित सरसफाइ अभियान सञ्चालन भइरहेको अभियानले जनाएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : २४ बजे

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६