रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते « Khabarhub

रूसमा युक्रेनी ड्रोन आक्रमण : सात जनाको मृत्यु, २४ घाइते


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मस्को- पश्चिमी रूसमा भएको युक्रेनी ड्रोन आक्रमणमा सात जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्। टाम्बोभ क्षेत्रका गभर्नर एभगेनी पेरभिशोभले शनिबार घटनाबारे जानकारी दिए।

गभर्नर पेरभिशोभका अनुसार युक्रेनी सेनाले कोटोभस्क सहरस्थित ‘वाइल्डबेरी लजिस्टिक सेन्टर’ मा आक्रमण गरेको थियो। आक्रमणका बेला रातिको सिफ्टमा काम गरिरहेका सात जना कर्मचारीको मृत्यु भएको उनले बताए। प्रारम्भिक विवरणअनुसार घटनामा २४ जना घाइते भएका छन्।

रूसी ई–कमर्स कम्पनी वाइल्डबेरीले जारी गरेको विज्ञप्तिमा टाम्बोभ क्षेत्रको कोटोभस्क तथा मस्को क्षेत्रको इलेक्ट्रोस्टलमा रहेका आफ्ना लजिस्टिक कम्प्लेक्सहरू पनि आक्रमणको निशानामा परेको जनाएको छ। कम्पनीका अनुसार टाम्बोभस्थित सुविधामा लागेको आगो नियन्त्रणमा लिइएको छ भने उद्धार तथा सुरक्षाका लागि आपतकालीन टोलीहरू परिचालन गरिएको छ।

पछिल्लो समय युक्रेनले रूसका विभिन्न सैन्य तथा रणनीतिक लक्ष्यहरूमा ड्रोन आक्रमण तीव्र बनाएको छ। युक्रेनले यस्ता आक्रमणलाई रूसले लामो समयदेखि जारी राखेको आक्रमणको प्रतिकारका रूपमा प्रस्तुत गर्दै आएको छ।

यसैबीच, मस्कोका मेयर सर्गेइ सोब्यानिनले शनिबार रातभर रूसको राजधानीतर्फ ३७० भन्दा बढी ड्रोन प्रक्षेपण गरिएको दाबी गरेका छन्। उनका अनुसार रूसी हवाई रक्षा प्रणालीले धेरै ड्रोन निष्क्रिय पारेको र मस्को क्षेत्रमा प्रवेश गर्न खोजेका ६४ वटा मानवरहित हवाई उपकरण (यूएभी) नष्ट गरिएको छ।

यस घटनाक्रमबीच, इरानसँगको द्वन्द्वमा अमेरिकाको ध्यान केन्द्रित हुँदा रूस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको अमेरिकी नेतृत्वको कूटनीतिक प्रयासहरू पछिल्लो समयमा सुस्त बनेको बताइएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  १२ : ४७ बजे

गत आवमा नेपालगन्ज भन्सारबाट २० अर्ब राजस्व संकलन

नेपालगञ्ज–  नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२-८३ मा २०

इरानमा लगातार अमेरिकी सेनाको हवाई आक्रमण, सैन्य तथा ऊर्जा पूर्वाधार लक्षित

काठमाडौं– अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमा लगातार सातौं रात हवाई

इरानले कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी

एजेन्सी– इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य

मनसुन थप सक्रिय हुँदै : बागमती प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा

काठमाडौं– विगत २४ घण्टामा बागमती प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षा