स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने « Khabarhub

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । उनले गत महिना राजीनामा घोषणा गरेका किअर स्टार्मरलाई प्रतिस्थापन गर्नेछन् ।

सत्तारुढ लेबर पार्टीको नेताका रूपमा स्टार्मरको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा बर्नहम एक्लो उम्मेदवार बनेका थिए । बेलायती संसदीय परम्पराअनुसार संसदको तल्लो सदन हाउस अफ कमन्समा बहुमत रहेको दलका नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

बर्नहमले लेबर पार्टीका ४०१ सांसदमध्ये ३४९ जनाको समर्थन प्राप्त गरेपछि शुक्रबार पार्टीको विशेष सम्मेलनबाट उनलाई नेता घोषणा गरिएको थियो । यद्यपि, उनी औपचारिक रूपमा सोमबार मात्र प्रधानमन्त्री बन्नेछन्। त्यसका लागि उनले बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयसँग भेट गरी सरकार गठनको निम्तो प्राप्त गर्नुहुनेछ । त्यसअघिसम्म स्टार्मरले कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

आम निर्वाचन किन आवश्यक परेन ?

बेलायतको संसदीय व्यवस्थामा आम निर्वाचनबिना नै सत्तारुढ दलले आफ्नो नेता परिवर्तन गर्न सक्छ । प्रधानमन्त्रीले दलको नेतृत्वबाट राजीनामा दिएमा वा नेतृत्व चुनौतीका कारण पद छोडेमा सो दलले आन्तरिक प्रक्रियाबाट नयाँ नेता चयन गर्न सक्छ । नयाँ नेता नै संसदमा बहुमत भएको अवस्थामा प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

बेलायतमा अर्को आम निर्वाचन सन् २०२९ सम्म गर्नुपर्ने छैन । सन् २०२४ को निर्वाचनपछि लेबर पार्टीले बहुमतसहित सरकार गठन गरेको थियो ।

स्टार्मरले गत जुन २२ मा लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका थिए। उनको नेतृत्व विभिन्न विवाद र राजनीतिक चुनौतीका कारण आलोचित बनेको थियो । विशेषगरी यौन अपराधमा दोषी ठहरिएका जेफ्री एपस्टिनसँग सम्बन्धित व्यक्तिलाई अमेरिकाका लागि बेलायती राजदूत नियुक्त गर्ने निर्णयले उनलाई थप दबाबमा पारेको थियो ।

मे महिनामा भएको स्थानीय निर्वाचनमा लेबर पार्टीले ठूलो पराजय बेहोरेपछि पार्टीभित्र स्टार्मरको नेतृत्वमाथि प्रश्न उठेको थियो । बर्नहमले संसद्को उपनिर्वाचन जितेपछि उनी पार्टी नेतृत्वका लागि बलियो दाबेदार बनेका थिए ।

लेबर पार्टीको नियमअनुसार, नेतृत्व चुनौती दिन हाउस अफ कमन्समा रहेका पार्टीका कम्तीमा २० प्रतिशत सांसदको समर्थन आवश्यक पर्छ । बर्नहमले आवश्यक समर्थन सजिलै जुटाएपछि उनी निर्विरोध नेता चयन भएका हुन्।

एक दशकमा सातौँ बेलायती प्रधानमन्त्री

बर्नहम एक दशकभित्र बेलायतका सातौँ प्रधानमन्त्री बन्नेछन्। संसदीय प्रणालीका कारण बेलायतमा आम निर्वाचनबाहेक पनि प्रधानमन्त्री परिवर्तन हुने गरेको छ ।

पछिल्लो दशकमा चार जना प्रधानमन्त्री आम निर्वाचन जितेर नभई पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धामार्फत सत्तामा आएका थिए । कन्जरभेटिभ पार्टीका थेरेसा मे र बोरिस जोनसन आफ्ना पूर्ववर्तीको राजीनामापछि प्रधानमन्त्री बनेका थिए ।

त्यस्तै, सन् २०२२ मा जोनसनले पद छोडेपछि लिज ट्रस प्रधानमन्त्री बने। तर, ४९ दिनमै उनले राजीनामा दिएपछि सोही प्रक्रियाबाट ऋषि सुनक प्रधानमन्त्री बनेका थिए ।

बर्नहमको आगमनसँगै पछिल्लो दशकमा बेलायती राजनीतिमा प्रधानमन्त्री परिवर्तनको क्रम अझै तीव्र बनेको छ । युरोपेली सङ्घबाट बेलायत बाहिरिने निर्णय ९ब्रेक्जिट० पछिका राजनीतिक र आर्थिक चुनौती व्यवस्थापनमा यस अवधिका सरकारहरू आलोचनामा पर्दै आएका छन् ।
 

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  २ : ३९ बजे

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा