गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान « Khabarhub

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल) को उत्पादन, आयात तथा बिक्री–वितरण नगर्न सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ।

विभागले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बजारमा लेबलविहीन, नक्कली, कम गुणस्तरका तथा चोरी पैठारी गरिएका फुटवेयर भौतिक तथा डिजिटल माध्यमबाट बिक्री भइरहेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता गतिविधिबारे विभिन्न माध्यमबाट उजुरी तथा गुनासो प्राप्त भएपछि विभागले कानुनको पूर्ण पालना गर्न सबै सरोकारवालालाई आग्रह गरेको हो।

सूचनाअनुसार, उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ बमोजिम उत्पादकले उत्पादन गरेका वस्तुमा तोकिएअनुसारको लेबल अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ। त्यस्तै, दफा ८ अनुसार पैठारीकर्ताले वस्तु आयात गर्दा कानुनले निर्धारण गरेका सबै सर्त पूरा गर्नुपर्ने उल्लेख गरिएको छ। दफा ११ ले बिक्रेताको दायित्व स्पष्ट गर्दै उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको विभागले जनाएको छ।

विभागले उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा बिक्रेतालाई कानुनले तोकेका दायित्व र मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ।

साथै, कानुनविपरीत लेबलविहीन, नक्कली, कम गुणस्तरका वा अवैध रूपमा आयात गरिएका फुटवेयरको कारोबार गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ६ : १५ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट